आयल निगम र भन्सार कर्मचारीसहित ५३ जनामा कोरोना

काठमाडौं, ८ भदौ । नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको आयल निगमका ९ जना कर्मचारी र भन्सारका एक जनामा कोरोना पुष्टि भएको हो ।

अस्पतालकाका अनुसार गएराति तीन सय पाँच जनाको स्वाब परीक्षण गरिएको थियो। धेरैजसो कन्ट्याक्ट ट्रेसिङको क्रममा लिएका नमुना थिए । ५३ जना संक्रमितहरुमध्ये २८ जनामा कन्ट्याक्ट ट्रेसिङ क्रममा संक्रमण पुष्टि भएको हो ।

संक्रमण देखिएका आयल निगमका कर्मचारीसँगै ट्यांकर चालक पनि छन्। त्यस्तै, केही स्थानीय वासिन्दामा पनि कोरोना देखिएको हो। धेरैजसो वीरगञ्जकै बासिन्दा रहेका छन्।

आइतबार राति ३ सय ५ जनाको स्वाब परीक्षण गर्दा ७ महिलासहित साढे २ वर्षदेखि ७२ वर्ष उमेर समूहका ५३ जनामा कोरोना पोजिटिभ देखिएको हो । १९ जना संक्रमित बाराका बासिन्दा रहेको अस्पतालले जनाएको छ । संक्रमण देखिएका आयल निगमका कर्मचारीसँगै ट्यांकर चालक पनि छन्। त्यस्तै, केही स्थानीय वासिन्दामा पनि कोरोना देखिएको हो। धेरैजसो वीरगञ्जकै बासिन्दा रहेका छन्।

पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा १४ जना संक्रमित थपिएका छन् । गत भदौ ५ मा उक्त वडामा ९५ जनाको स्वाब संकलन गरिएको थियो । वीरगन्ज महानगरपालिका–१५ भिस्वामा थप १५ जनामा कोरोना पुष्टि भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति