सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न आग्रह

पोखरा,८ भदौ । पोखरा महानगरपालिकामा नेपाली काँग्रेसका सचेतक एवम् दलका नेता रामराज लामिछानेले कोरोना सङ्क्रमितलाई भेदभाव नगरी सहयोग गर्न सबैमा आग्रह गरे उनले आज विज्ञप्ति जारी गर्दै आपतविपद्मा एकले अर्कालाई सहयोग गर्नुपर्ने बताउँदै मानवीयताको भावनाका साथ सहयोग गर्न सबैमा आग्रह गरे । आफू र आफ्नो परिवारमा कोरोना लाग्दा जस्तो माया र सहयोग अरुका लागि पनि आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाबाट सङ्क्रमित हुने र निको हुनेक्रम निरन्तर चलिरहेको भन्दै उनले यसका नाममा टोल र समाजमा फैलिएको त्रास गलत भएको उल्लेख गरे । विश्वमा ठूलो पदधारण गरेका व्यक्ति पनि सङ्क्रमित भई निको भएर घर फर्केको उल्लेख गर्दै उनले यसले ठूलो वा सानो केही नभन्ने हुँदा घरमा सुरक्षित रुपमा बस्न पनि सबैमा अनुरोध गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति