विराटनगरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगर, ८ भदौ । विराटनगर महानगरपालिकामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । आइतबार राति कोरोना संक्रमणबाट विराटनगर ८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्कीका अनुसार योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । बिहीबार स्वाब संकलन गरिएको मृतकको आइतबार रिपोर्ट पोजिटिभ आएको हो । कार्कीकान अनुसार उनमा संक्रमण पुष्टि भएपछि साँझ ६ वजे कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको तर राति ११ वजे मृत्यु भएको हो ।

मृतकको परिवारमा थप तीन जना संक्रमित रहेकाले तिनीहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने महानगरले तयारी गरेको छ । हालसम्ममा महानगरमा कोरोना संक्रमितको संख्या ८ सय १३ पुगेको छ । भने, १ सय ६७ जना कोरोनामुक्त भई घर फर्किसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति