काठमाडौं, ७ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाईरस (कोभिड-१९) संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १४९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३१,९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार अहिले १३,१५५ जनामा सक्रिय सङ्क्रमण रहेका छन् ।त्यस्तै, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जनाए । काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोना संक्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना होम आइसोलेसनमा बसेका छन् । संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।
प्रवक्ता गौतमका अनुसार विगत २४ घण्टामा ८,००० भन्दा बढी नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। तर चारवटा अस्पतालले सङ्क्रमण देखिएका परीक्षणको मात्र सङ्ख्या उल्लेख गरेर विवरण गराएकाले कुल सङ्ख्या स्पष्ट हुन नसकेको डा. गौतमको भनाई छ । सो अवधिमा २८१ जना भाइरसमुक्त प्रमाणित भएको मन्त्रालयले उल्लेख गरेको छ।
COMMENTS