विवाह सम्बन्धः तर, यस्तो शव्दको प्रयोग कहिल्यै नगर्नुस्

हरेक सम्वन्ध विश्वासमा अडिएको हुन्छ । झैन पतिपत्नीको केही यस्ता कुरा पनि हुन्छन् जसले सम्बन्ध टुट्ने खतरा पनि उत्तिकै हुन्छ। एउटा सानो गलतिले मनमुटाब हुने गर्छ । यस्तो हुन्नदिन एकअर्कामा समझदारिता कायम गर्न अति आवश्कता छ ।

पतिपत्नीबीच नोकझोक चल्नु सामान्य नै हो। तर कहिलेकाहिँ सानो कुरा पनि ठूलो बन्छ। सम्बन्ध टुट्ने खतरा पनि उत्तिकै हुन्छ। त्यो समयमा पनि रिस भरिएका शव्दको प्रयोग कहिल्यै नगर्नुस्। आउनुस् यी ​सेक्रेट जानकारी थाहा पाउनुस् जसले तपाई सम्बन्धलाई सुमधुर बनाउन सिकाउँछ ।

१. बिजी​का कारण पार्टनरलाई धेरै समय दिन सकिँदैन। जब तपाईँ पार्टनरसँग नजिक पुग्ने कोशिस गर्नुहुन्छ त्यतिखेर उनको नजरमा तपाईँ ​सेल्फिस भइसक्नु हुन्छ।​ यो अवस्थामा समस्याको हल चाहनुहुन्छ भने रिस भरिएका शव्दको प्रयोग कहिल्यै नगर्नुस्।

२. विवाहपछि जोडीबीच ससाना कुरामा ठाक-ठुक पर्नु ठूलो कुरा होइन। तर कुनै बेला यसले झगडाको रुप लिन सक्छ। र कोही यस्ता हुन्छन् जो विवाहलाई जिन्दगीको सबैभन्दा ठूलो भूल ठान्न लाग्छन्। झगडामा पार्टनरसँग यस्तो कुरा नगर्नुस्। किनकि यस्तो कुराले तपाईँको पार्टनरको मनमा घोच्न सक्छ।

३. अक्सर मान्छे विवाहपछि पनि पार्टनरभन्दा जागिरलाई प्राथमिकता दिन्छन्।‍‍ उनीहरु सोच्छन् मेरो व्यस्तता पार्टनरले सम्झिदिउन्। तपाईँ आफ्नो काम सँगसँगै पार्टनरलाई पनि सम्झन कोशिष गर्नुस्। उनलाई पनि समय दिनुस्। तर समय छैन भनेर कहिल्यै नझर्किनुस्।

४. मान्छे लडाइँझगडामा एकअर्काका बुवाआमालाई अपशव्दले गालीगलौज गर्न थाल्छन्। यस्तो गर्नु ठीक होइन। यसले सम्बन्धमा चिसोपन मात्र ल्याउँदैन, टुट्ने खतरा पनि उत्तिकै हुन्छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board