रौतहट, ७ भदौ । रौतहटको बाग्मती नदीमा डुबेर ३ जना बालिका बेपत्ता भएका छन् । रौतहटको धर्मपुरस्थित बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए ।
बेपत्ता हुनेहरुमा गढिमाई नगरपालिका-७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया रहेका छन् ।
सँगै नुहाउन गएकी अर्चना कुमारी मुखियाले बालिका डुब्दै गरेको देखेपछि स्थानीयलाई खबर गरेकी थिइन् । बेपक्ता भएका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
COMMENTS