युरोपियन च्याम्पियन्स लिगः फाइनलमा बायर्न र पीएसजीको भिडन्त

काठमाडौं, ७ भदौ । युरोपियन च्याम्पियन्स लिग २०१९-२० सिजनको फाइनल खेल आज आइतबार राति हुँदैछ । यो प्रतियोगिता युरोपियन क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो ।

नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने खेलमा जर्मन जायन्ट बायर्न म्युनिख र फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मन ९पीएसजी० बीच खेल हुनेछ । खेल पोर्चुगलको लिस्वनमा हुनेछ । बायर्न सेमिफाइनलमा लियोन र पीएसजी आरबी लाइपजिगलाई पराजित गर्दै फाइनल पुगेको हो । स्थापनाको ५० औं वर्ष मनाउँदै गरेको फ्रेन्च क्लब पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको हो । उता ५ पटकको च्याम्पियन बायर्न ११ औं पटक च्याम्पियन्स लिग फाइनल खेल्दैछ ।

बायर्नले पछिल्लो पटक २०१३ मा जर्मनीकै बोरुसिया डर्टमण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । ७ वर्षपछि बायर्न च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । त्यसअघि २०१० र २०१२ मा भने बायर्न फाइनलमा पराजित भएको थियो । बायर्नलाई फाइनल जित्दै लिभरपुलसमान ६ पटक उपाधि जित्ने अवसर छ । अहिलेसम्म स्पानिस जायन्ट रियल मड्रिडले सर्वाधिक १३ पटक च्याम्पियन्स लिग जितेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board