मल नपाएपछि कृषकले भने ‘कृषिमन्त्रीलाई कारबाही गर’

रुपन्देही, ७ भदौ । रुपन्देहीको ओमसतिया–५ पट्खौलीका किसान आक्रोशित भएका छन् । मल नपाएपछि अहिले आक्रोशित भएका हुन । खेतमा झार गोडिसकेपछि खेतमा युरिया मल राख्नुपर्ने भएकाले रासायनिक मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामग्री केन्द्रको प्रादेशिक डिपो भैरहवामा एक बोरा पनि युरिया मल उपलब्ध नगराएको उनीहरुको गुनासो छ ।

उक्त डिपोमा मल नै नभएपछि कसरी किसानलाई उपलब्ध गराउनु : धान रोपेको दुई महिना पुग्न लाग्दा पनि सरकारी निकायबाट मल नपाएपछि रुपन्देहीसहित तराईका किसानले भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य भएका छन् । कृषि सामग्री केन्द्रले मागअनुसार मल कहिल्यै उपलब्ध नगराउदा किसानले भारतबाट विभिन्न माध्यम प्रयोगगरी आएको मल किनेर प्रयोग गर्ने गर्थे ।

कृषि सामग्री केन्द्र प्रादेशिक डिपो कार्यालय भैरहवाका सहायक प्रवन्धक एवं सूचना अधिकारी गणेशप्रसाद घिमिरे धान रोप्ने बेलामा डीएपी मल पर्याप्त उपलब्ध भएपनि साउनयता युरिया मल आउन नसकेको बताउँछन् ।‘पर्याप्त वर्षा भएकाले धेरै रोपाइँ हुन पायो अन्यथा मल नहुँदा उत्पादन धेरै घट्ने रहेछ ।’ समयमा युरिया मल उपलब्ध गराउन सकेको भए यो वर्ष धान उत्पादन कम्तीमा १० प्रतिशतले बढ्ने अवस्था रहेपनि अब समय घर्किसकेको स्वीकार गरे ।

कतिपय किसान भारतबाट लुकिछिपी ल्याइएको मल महंगोमा किनेर प्रयोग गर्न बाध्य छन् । विगतमा पनि कृषि सामग्री केन्द्रले मागअनुसार मल उपलब्ध गराउन नसक्दा किसानले भारतबाट विभिन्न माध्यमबाट आएको मल किनेर प्रयोग गर्ने गर्थे । तर यो वर्ष त कोरोना महामारीका कारण दुवै देशमा लकडाउन र निषेधाज्ञा जारी भएकाले भारतबाट विगतमा जसरी मल आउन पाएको छैन । छिटफुट रुपमा आएको मल पनि प्रहरीले गाउँ–गाउँ पुगेर नियन्त्रणमा लिई भन्सार चलान गर्ने गरेको छ । बुधबार मात्रै रुपन्देही प्रहरीले रोहिणी गाउँपालिकाबाट दुईजनाको घरबाट ७६ बोरा मल बरामद गरेर लग्यो । त्यस क्रममा स्थानीय र प्रहरीबीच केहीबेर तनाव पनि भयो ।

छिटफुट रुपमा आएको मल पनि प्रहरीले गाउँ–गाउँ पुगेर नियन्त्रणमा लिएकोले उनीहरुको आक्रोष झन बढेर गएको छ । प्रहरीले ‘घुस’ नपाएका कारण किसानले किनेर ल्याएको मल खोसेर अमानवीय काम गरेको किसानको आरोप छ । धानमा मल राख्न ढिला भइसक्यो, सरकारले न आफूले मल उपलब्ध गराउंँछ, न किसानले आफैं जोहो गरेको मल राख्न दिन्छ ।’ भन्दै किसानले कृर्षिमन्त्रीले राजीनामा दिनु पर्ने माग राखेका छन् । कृषिमन्त्रीलाई कारबाही गर भन्दै नारा समेत लगाएका छन् । राष्ट्रिय कृषक महासंघका केन्द्रीय अध्यक्ष रहेका ओमसतियाका किसान देव धवल ले किसानलाई युरिया मल उपलब्ध गराउने जिम्मेवारी पाएका सरकारी निकायलाई मल दिन नसकेको र कालोबजारी गरेको आरोपमा कृषि मन्त्रीलगायत सम्बन्धित सबैलाई कारबाही गर्न उनले माग गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board