बेलारूस संकटका बारे छलफल गर्न अमेरिकी कूटनीतिज्ञ रुस र लिथुआनिया जाने

एजेन्सी, वासिङ्टन, भदौ ६ ।
अमेरिकी कूटनीतिज्ञले बेलारुसको राजनीतिक अस्थिरता हटाउन वार्ताका लागि छिट्टै रुस र लिथुआनिया भ्रमण गर्ने भएका छन्। त्यससरी रुस जाने कुटनीतिज्ञ दोश्रो तहका हुने रोयटसर्सले जनाएको छ ।
यस विषयमा जानकार दुई स्रोतले शुक्रबार बताएअनुसार वासिङ्टन रुसी हस्तक्षेपलाई परै राख्न र देशको चुनावी संकट हटाउन शान्तिमय समाधानको खोजी गरिरहेको छ।


अमेरिकाका सहायक विदेशमन्त्री स्टिफिन बेइगुनको योजनाबद्ध अभियानले बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को र विपक्षीबीचको तनावलाई समाधान गर्न खोजेको संकेत दिएको छ।
यस योजनाको बारेमा बेइगुनले अहिले त्यो घोषणा गर्ने समय नभएको जवाफ दिएका छन्।
अगस्ट ९ मा भएको चुनावपछि लुकासेन्कोको चुनावी जीतको दाबीलाई अस्वीकार गर्दै त्यहाँ हिंसात्मक प्रदर्शन भएका छन्।


एक पूर्व वरिष्ठ अमेरिकी अधिकारीले नाम न छाप्ने सर्तमा भनेका छन्, बेइगुन आउने दिनमा मस्को र लिथुआनियाको राजधानी विल्नियस जाने अपेक्षा गरिएको थियो।
बेलारुसमा लुकाशेन्काले हस्तक्षेप गरेपछि विपक्षी उम्मेदवार स्वियतलाना शिखानोस्कायले विल्नियसमा शरण लिएका थिए ।
अमेरिका र युरोपियन युनियनले चुनावमा अनियमितता भएको भन्दै निन्दा गरेका छन्।

अमेरिकी विदेश मन्त्री माइक पोम्पिओले बिहीबार लुकासेन्कोलाई विपक्षीसँग वार्ताको माहोल बनाउन अन्तर्राष्ट्रिय सहयोग लिन आग्रह गरेका थिए र बेलारुसको शक्तिशाली छिमेकी रुसलाई हस्तक्षेप नगर्न चेतावनी पनि दिएका थिए।
लुकासेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो २६ वर्षको शासन जोगाउन आफूलाई सहयोगका लागि अपिल गरेका छन्। बेलारुस एक पारस्परिक रक्षा सन्धि र गहन आर्थिक, राजनीतिक र साँस्कृतिक सम्बन्धबाट रुससँग जोडिएको छ।
पुटिनले आवश्यक परेको अवस्थामा सहयोग गर्ने बताएका छन्। अहिले तत्काल अन्तर्राष्ट्रिय सहयोग नलिन र सकेसम्म आन्तरिक छलफलबाट समाधान निकाल्न उनले जोड दिएका छन् र हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति