कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था स्थिर: अस्पताल

नयाँ दिल्ली,६ भदौ । अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । हप्ता दिनभन्दा बढी समयदेखि अचेतन अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले स्पष्ट पारेको छ ।

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय नेता मुखर्जीको अधिकांश संकेतहरु स्थिर रहेको छ । उनलाई स्वासप्रश्वासमा समस्या भएपछि उनलाई यही अगस्टको १० तारिखका दिन दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भर्ना गरिएको हो ।

पूर्व राष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको छ । उनको दिमागमा समेत असर परेकाले उनी अहिलेपनि अचेत अवस्थामै रहेको चिकित्सकहरुले बताएका छन् ।

उनलाई स्वासप्रश्वास सम्वन्धी समस्या देखिएपछि कोरोना परीक्षण गर्दा उनी कोरोनाभाइरसबाट सङ्क्रमित पनि भएको देखिएको थियो ।“श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,” अस्पतालद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उनलाई स्वासप्रश्वास गराइरहेको पनि अस्पतालले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board