माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ प्रहरीमा कोरोना संक्रमण

काठमाडौं ६ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका पीएसओ सहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जना जनपद प्रहरी र ७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको हो । जसमा नेपालका ९ जना अंगरक्षकलाई कोरोना पोजिटिभ भएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

गत बिहीबार नेपालसहित सबैको स्वाब संकलन गरिएको थियो । नेता नेपालसहित उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले बताए ।

कोरोना संक्रमण पुष्टि भएका सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति