नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १ सय ४० पुग्यो

काठमाडौं, ६ भदौ ।कोरोनाका भाइरस सङ्क्रमणका कारण पर्सा र चितवनमा थप ३ जनाको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको सुगौली बिर्ताका ५८ वर्षका पुरुष र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षका पुरुषको कोरोना सङ्क्रमणका मृत्यु भएको हो । ५८ वर्षका पुरुषको नारायणी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गएराति ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उनको अस्ति ४ गते स्वाब संकलन गरी पीसीआर परिक्षण गरिएकोमा हिजो रिपोर्टमा पोजेटिभ आएको थियो । कुनै पनि ट्राभल हिस्ट्री नभएका उनमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । यस्तै अस्ति ४ गते उपचारका लागि अस्पताल भर्ना हुनुभएका ६१ वर्षका पुरुषको बिहान सवा ७ बजे ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिए । यसैवीच चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका कोरोना संक्रमित एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ तीन गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीवार राति उपचारको क्रममा मृत्यु भएको थियो ।

उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।

उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ३० हजार ५ सय १६ पुगेको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २ सय ७० वटा नमुना परीक्षण गरिएकामा ३३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । चितवनका २० तथा नवलपुर, मकवानपुर, बारा, पर्सा, रौतहट र बाँकेका १३ जनामा संक्रमण देखिएको हो। चितवनमा भरतपुर महानगरका १६, रत्ननगरका १ र राप्ती नगरपालिकाका ३ जनामा संक्रमण देखिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board