महात्मा गान्धीको चश्मा २ करोड ५५ लाखमा बिक्यो

काठमाडौं, ६ भदौ । महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। यसलाई एक अमेरिकी संकलकले खरिद गरेका हुन्।

लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ। एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रक्म प्राप्त गर्ने आशा राखिएको थियो। चश्माका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्। गान्धीलाई यो चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएको बिबिसीमा प्रकाशित समाचारमा जनाइएको छ।

लगभग ५० वर्षसम्म यो चश्मा यत्तिकै दराजमा थन्किएको थियो। यसलाई लिलाम गर्न चाहने मानिसले एक समय चश्माले आफूलाई कुनै फाइदा नभएकोले फ्याँकिदिन चाहेको बताएका थिए। अहिले यस्तो रकम पाए, जसले उनको जीवन बदल्नेछु, इस्ट ब्रिस्टल अक्सनका एन्ड्रयू स्टोले भने।

एजेन्सी इस्ट ब्रिस्टल अक्सन्सका अनुसार यो चश्मा ३ अगस्टमा भेटिएको थियो । तर, यो कसरी त्यहाँ छोडिएको थियो भन्नेबारे अहिलेसम्म खुलेको छैन । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति