अमेरिकामा कोरोनाबाट १ लाख ७९ हजारभन्दा बढीको मृत्यु

काठमाडौं, ६ भदौ । चीनको उहान राज्य हुँदै फैलिन सुरु भएको नोवेल कोरोना भाइरसबाट अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ७९ हजार बढी संक्रमित बनेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार १११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार १४१ पुगेको छ ।

यस्तै एकैदिन थप ४८ हजार ५१७ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५७ लाख ९४ हजार ७८९ पुगेको छ।संक्रमितमध्ये अहिलेसम्म ३१ लाख १९ हजार ९० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २४ लाख ९६ हजार ५५८ जनामध्ये १६ हजार ८३३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति