नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशमा भम्रण भिसा नचाहिने

काठमाडौं, ५ भदौ । नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकलाई एकअर्को देशमा भम्रण गर्दा ९० दिनसम्म भिसा लिनु नपर्ने भएको छ । बिहीबार नेपाल सरकार तथा इजरायल सरकारबीच कूटनैतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौता भएको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ ।

इजरायलको परराष्ट्र मन्त्रालय, जेरुसलेममा आयोजित एक कार्यक्रममा नेपालको तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा.अन्जान शाक्य र इजरायलको तर्फबाट इजरायली परराष्ट्र मन्त्री गाबी अश्केनाजीले सम्झौतामा हस्ताक्षर गरेको दूतावासले जनाएको छ ।

यस सम्झौतासँगै अब इजरायल वा नेपालमध्ये कुनै एक राष्ट्रको कूटनैतिक राहदानीबाहक नागरिकले अर्को राष्ट्रको भूमिमा बढीमा ९० दिनसम्मका लागि जाँदा भिसा लिनु नपर्ने भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

सो कार्यक्रमका अवसरमा राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रोजेक्ट मार्फत इजरायल आएका विद्यार्थीहरुमध्ये केही उत्कृष्ट छनौट गरी उनीहरुको लागि तालिम अवधी ११ महिनाबाट बढाउन सके उनीहरुलाई विज्ञ कन्सलट्यान्टको रुपमा विकास गर्न सकिने सुझाव दिएकी थिइन् ।

त्यसैगरी केयर गिभिङ क्षेत्रमा पुनः नेपालीहरुलाई ल्याउने तथा यस सँगसँगै रोजगारीका अन्य क्षेत्रहरुमा पनि ढोका खोल्ने सम्बन्धमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति