एक महिला नौ किलोग्राम चरेशसहित पक्राउ

काठमाडौँ, ५ भदौ । प्रहरीले लागूऔषध ९ किलोग्राम ३५० ग्राम चरेशसहित एक महिलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई बिहिबार राति पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा चरेशसहित थिङलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ थिङका श्रीमान् फुलबहादुर तामाङ भने फरार रहेका छन् । पक्राउ थिङमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति