नाचगान र उल्लासको अवस्था छैन – प्रधानमन्त्री ओली

काठमाडौ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्दै तीज मनाउन आग्रह गरेका छन् । ट्विटरमार्फत तीजको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तोकिएको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका हुन ।

प्रधानमन्त्रीले भनेका छन् , ‘यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति