तीव पर्व र परम्पराको दाम्लो

नेपाली तथा विशेषगरी हिन्दू व्रहामणवादी समाजमा महिलाहरुले वर्षभरिको आफूमाथिको थिचोमिचोको विसाई फेर्ने थलोका रुपमा तीजालाई लिने गरेको एउटा भाव धारा छ । अर्को तीजमा निरहार व्रत बसेर पार्वतीले महादेव शीवजस्तै बर पाउन गरिने मिथ्यामा लठ्ठिने परम्पराको लामो इतिहास छ । नेपालका जति पनि शीव मन्दिर र देवालयहरु छन्, तिनले दोस्रो वर्गको प्रतिनिधित्व गर्दछन् । यद्यपि त्यसभित्र महिलका पीडा र बेदना गीत मार्फत प्रस्तुत हुंदै आउने गरेका पनि छन् । यो वेग्लै पाटो हो ।


मुख्यत त तीज पर्व निरहार व्रत बसेर मनोकांक्षाको जस्तै श्रीमान पाउने मनोदशाबाट विलक्षण ढंगले लठ्ठीएको पर्वको रुपमा रहेको छ । नेपाल यतिबेला संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । महिला अधिकार र महिला समानतामा बाध्यतावस् भएपनि नेपालले निकै ठूलो फड्को मारेको छ । तर सांस्कृतिक रुपमा पूरुषवादी सत्ता र संस्कृतिबाट नेपाल मुक्त हुन सकेको छैन । विडम्वना त्यसमा महिला अधिकारको अगुवाई गर्नेहरुबाटै त्यसको हुर्मत लिने काम भएको छ ।


देश काल र परिस्थिति बदलिएसंगै संस्कार र संस्कृति पनि बदल्न सकियो भने राजनीतिक व्यवस्थाको गतिशीलता र स्थायित्व हुन्छ। तर सारमा राजनीति बदलिने तर संस्कृति मौलिकताका नाममा म्युजियममा राख्नु पर्नेमा अगुवाहरुमा मन र मष्तिष्कमा राखियो भने त्यो एक त्रसादीपूर्ण विडम्वनापूर्ण बन्न पुग्छ । अहिले नेपालमा भएको त्यही हो । आज मात्रै पशुपति गुरु योजना सम्वन्धी प्रकाशित तथा प्रासारित समाचारहरुले कम्युनिष्ट नेतृत्व त्यसको विभागीय जिम्ममेवारी लिने मन्त्रीलार्ए गिज्याइरहेको छ । यो दुरावस्थामा परिवर्तन नभएसम्म आम जनताको समग्र जीवनस्तरमा परिवर्तन सम्भव छैन ।


तसर्थ तीजको मौलिकपनको संरक्षण र तीजनको सांस्कृतिक दाम्लोमा बांधिने कुरा विलकुल फरक विषय हुन् भन्ने राजनीतिक नेतृत्वले बुझ्न सक्नु पर्दछ । धन्न यसपटक कोरोनाको महामारीेले गर्दा आमसञ्चारमाध्यमको सांस्कृतिक प्रदुषण सुन्नु परेन । अन्यथा बजारमा विकाउ माल त्यही महिलाको बतन, निराहारको पट्यारलाग्दो कथाको पुनराबृत्ति तथा त्यसकै नाममा जाँडा पार्टीसम्ममा पुगेको दुर्दान्त अवस्था देख्नु पर्ने थियो । त्यसैले कथित तीजका नामको सांस्कृतिक दाम्लो नचुंडालेसम्म नारी समानताको गफको कुनै अर्थ छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board