पाटन अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

काठमाडौं, ५ भदौ । पाटन अस्पतालमा उपचारको क्रममा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै एक महिला तथा पुरूषको कोरोनाका कारण मृत्यु भएको जनाएको छ।

मृतक महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको भइरहेको विज्ञप्तिमा उल्लेख छ। उनी भदौ २ गते उपचारका लागि त्यहाँ भर्ना भएकी थिइन्। यसैगरी मृतक पुरूष सर्लाही, मलंगवाका हुन्। ४६ वर्षे उनको पनि आजै बिहान मृत्यु भएको हो। उनी साउन ३१ गतेदेखि उपचाररत् थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति