कामठाडौं, ४ भदौ । नेपालमा कोरोना भाईरसका कारण थप ६ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । तीमध्ये १७ हजार ९६४ जना डिस्चार्ज भएका छन् ।
काठमाडौं उपत्यकामा २०० जना संक्रमित भेटिएका छन् । त्यस्तै, मृत्यु हुनेको सङ्ख्या १२६ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २९,६४५ पुगेको छ।
के छ अरु अपडेट ?
सङ्क्रमितहरू काठमाण्डूका १७४ जना, सर्लाही ९३ जना र पर्सामा ५५ जना रहेको मन्त्रालयका प्रवक्ता ड जागेश्वर गौतमले बताए । ललितपुरका १८ र भक्तपुरका आठ गरी बुधवार काठमाण्डू उपत्यकामा २०० जना सङ्क्रमित थपिएका छन्।
अहिले देशभरि ११,५५५ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए। सङ्क्रमितहरूमध्ये ३,७७२ जना घरमै र बाँकी ८,०८३ जना संस्थागत आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
उपत्यकामा २ सय जनामा संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका छन् ।
COMMENTS