चितवनमा एक कोरोना संक्रमित वृद्धको मृत्यु

चितवन, ४ भदौ । चितवनको भरतपुर अस्पतालमा एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । बिहीबार उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति