पूजा र प्रकाशविचको विवाद मिल्यो

काठमाडौं, ४ भदौ । संचारकर्मी प्रकाश सुवेदी र नायिका पूजा शर्माविचको विवाद मिलेको छ । उनीहरुबीच केही समयदेखि चलिरहेको विवाद टुंगिएको हो ।

चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा समाधान भएको हो । दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको बताईएको छ ।

संचारकर्मी प्रकाश सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै नायिका शर्माले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन् । प्रकाशले भने माफी मागेपनि पूजाले माफी भने चित्त नवुझेको बताउँदै आएकी थिईन् । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दुबै पक्षलाई राखेर सहमती गरिएको छ ।

प्रकाश सुवेदीले अब संचालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालना तर्फ सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र र सचेत रहने कुरा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board