माछापोखरीबाट दुई पेस्तोल र १० राउण्ड गोली बरामद, दुई जना पक्राउ

काठमाडौं, ४ भदो । प्रहरीले माछापोखरीबाट दुई थान पेस्तोल र त्यसमा प्रयोग हुने १० राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले मेड इन युएसए लेखेको दुई थान पेस्तोल, दुई थान म्यागेजिन र १० राउण्ड गोलीसहित वुधबार नुवाकोेटका २७ वर्षीय विकेश पण्डितलाई पक्राउ गरेको हो । हातहतियारसहित पक्राउ परेका पण्डितलाई हातहतियार ओसार्न लगाउने नुवाकोटबाट २८ वर्षीय अमर तामाङलाई समेत आज नुवाकोटबाट पक्राउ गरिएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी दिपक थापाले जानकारी दिए ।

उनले भने “वरामद भएको हतियार धनुषाका ३५ वर्षीय शम्भु कार्कीको भएको र कार्की र तामाङ सँगै कारागार बस्दा चिनजान भएपछि कार्कीले तामाङलाई हतियार लैजान भनेकाले माछापोखरीमा रहेको हतियार नुवाकोट लैजाने क्रममा पण्डितलाई पक्राउ गरेका हौँ ।” ।

कार्की कारागार रहेको बेला उक्त हतियार धादिङका २८ वर्षीय राजकुमार गुरुङले राख्न दिएकोमा राजकुमारले वालाजुको एक होटल साहुलाई राख्न दिएको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तामाङ डाँका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा छुटेका व्यक्ति भएको महाशाखाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board