महोत्तरीमा ४२५ किलोग्राम मटर बरामद

महोत्तरी, ४ भदौ । महोत्तरी प्रहरीले आज बिहान नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा ४२५ किलोग्राम मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–३ स्थित भारतीय सीमा नजिकै रहेको मलिवारा गाउँबाट २५० किलोग्राम र सीमा नजिकै रहेको एकडारा गाउँपालिका–४ स्थित हलखोरी गाउँबाट १७५ किलोग्राम मटर बरामद गरिएको हो ।

दुवै स्थानमा १७ वटा बोरामा राखेर नेपालबाट भारत लैजानका लागि राखिएको ती मटर प्रहरीको गस्ती टोलीले बरामद गरेको हो । तस्करहरु प्रहरीलाई देखेर भागेका छन् । बरामद मटर प्रहरीले आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । पछिल्ला दिनमा महोत्तरीको सीमा भएर नेपालबाट भारततर्फ मटर चोरी निकासी हुने क्रम निक्कै बढेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board