ह्यारिसले भनिन् – ‘ट्रम्प नेतृत्व गर्नमा असफल’

काठमाडौं, ४ भदौ । कमला ह्यारिसले उपराष्ट्रपति पदको लागि डेमोक्र्याटिक पार्टीको उम्मेदवारीलाई स्वीकार गरेकी छिन् । योसँगै उनी कुनै मुख्य पार्टीबाट उपराष्ट्रपति पदको उम्मेदवार बन्ने पहिलो अश्वेत र दक्षिण एसियाली मूलकी महिला बनेकी छिन् ।

उनले आफ्नो भाषणको क्रममा आफूलाई भारत र जमैकाका आप्रवासीहरुको छोरी बताएकी छिन् । भाषणकै क्रममा उनीले ‘ट्रम्पको चार वर्षका विभाजनकारी यात्रापछि समावेशीको सिद्धान्तलाई फेरि स्थापति गर्नका लागि प्रयास गर्ने’ बताएकी छिन् ।

गएको हप्ता डेमाक्र्याटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार बनेका जो बाइडनले भारतीय मूलकी सिनेटर कमला ह्यारिसलाई उपराष्ट्रपति पदको उम्मेदवार छानेका थिए । बाइडन र ह्यारिस आउँदो ३ नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई चुनौती दिने तयारीमा छन् ।

डेमोक्र्याटिक नेशनल कमिटीको सम्मेलनमा क्यालिफोर्नियाबाट सिनेटर कमला ह्यारिसले आफ्नो भाषणमा डोनाल्ड ट्रम्पलाई असफल नेताको संज्ञा दिएकी छिन् । ‘ट्रम्प नेतृत्व गर्नमा असफल’ भएको उनको भनाई छ ।

कमलाले ट्रम्पलाई निसाना बनाउँदै भनेकी छिन्, , ‘उनी हामीमाथि आइलागेको आपत्लाई राजनीतिक हतियारमा परिवर्तन गरिदिन्छन् ।’ डेलाभेयरमा डोनाल्ड ट्रम्पको गृह नगर विलमिङ्गटनको एक होटलमा भएको कार्यक्रममा कमलाले भनिन्, ‘हामी एक महत्त्वपूर्ण मोडमा उभिएका छौँ ।’

‘लगातार भइरहने उथलपुथलले हामीलाई भड्काउने गर्छ । अयोग्यताका कारण हामीभित्र डर उत्पन्न हुन्छ । रुखोपनाले हामीलाई एक्लो बनाउँछ । कुरा के हो भने हामी अझै राम्रो गर्न सक्छौँ र निकै धेरैको हकदार छौँ’, उनीले भनिन् । साथै उनीले अश्वेत व्यक्तिमाथि कोरोना भाइरसको धेरै प्रभावदेखि लिएर पछिल्लो महिनायता देशभर भएको नस्लभेद विरोधी प्रदर्शनको खुलेर कुरा गरेकी छिन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति