निषेधाज्ञाको पहिलो दिन यस्तो देखियो उपत्यका (फोटो फिचर)

काठमाडौं, ४ भदौ । कोरोना भाईरस (कोभिड-१९) संक्रमणको बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका छन् । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागु गरिएको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले बुधबार मध्यरात देखि उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उपत्यकाका तिनै जिल्लमा भदौ १० गतेसम्म हुने निषेधाज्ञाको पहिलो दिन आज उपत्यकामा सुनसान देखिएको छ । अत्यावाश्यक सवारी साधनबाहेक अन्य सवारी साधन सडकमा गुडेका छैनन् । आज सडकमा पैदल यात्रुहरुसमेत न्यून मात्रमा मात्रै देखिए । निषेधाज्ञा उल्लङ्घन गरेर फाट्फुट्ट यात्रा गर्नेहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएर होल्डिग सेन्टरमा राखेको छ ।

मानिसहरुको आवागमन ठप्प नपारे उपत्यकामा नै विकराल अवस्था आउन सक्ने देखिएको भन्दै उपत्यकाका प्रमुख जिल्ला अधिकारीले यस्तो निर्णय गरेर निषेधाज्ञा लागु गरेका हुन् । पूर्व सावधानीको रुपमा काठमाडौं उपत्यकामा तत्कालै मानिसको आवागमनलाई ठप्प नपार्ने हो भने विकराल अवस्था आउन सक्ने देखिएपछि तीन वटै जिल्लाको सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको भनाई छ ।

तस्विरमा हेर्नुहोस् निषेधाज्ञाको पहिलो दिन उपत्यकाका सडक

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति