रौतहटमा गोली हानेर एक जनाको हत्या

रौतहट, ४ भदौ । रौतहटमा गोली हानेर एक जनाको हत्या गरिएको छ । माधवनारायण नगरपालिका २ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।

बुधवार बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेका इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । प्रहरीले घटनाको अनुसन्धान थालेको डीएसपी महतोले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति