कोरोना भाइरस समुदायमा फैलिने सम्भावना देखियो – प्रधानमन्त्री

काठमाडौं, ३ भदौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस समुदयामा फैलिने खतरा रहेको बताएका छन्। कोभिड–१९ संंकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा रहेका मन्त्रीसँग बुधबार भएको छलफलमा उक्त कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले संकट व्यवस्थापनका लागि आफ्ना तर्फबाट योजना ल्याउनसमेत मन्त्रीहरूलाई निर्देशन दिएका छन्। ‘संकट धेरै नै गहिरिँदै गएको छ। अब समुदायमा पनि पनि फैलिने सम्भावना देखियो,’ प्रधानमन्त्रीको भनाईलाई उद्धृत गर्दै एक मन्त्रीले भने, ‘कोरोना भइरसको नियन्त्रणका लागि तपाईंहरूले पनि आफूले सोचेको योजना लिएर आउनुस्।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफ्ना मन्त्रालयका तर्फबाट साथै कोभिड–१९ व्यवस्थापनका लागि गर्न सकिने योजनाको प्रस्ताव ल्याउन प्रधानमन्त्रीबाट निर्देशन भएको बताए । बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले थप निर्णय गर्ने एक मन्त्रीले बताए । बुधबारको छलफलमा सिसिएमसीले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भइरहेको प्रयास र स्वास्थ्य अवस्थाको तथ्यांक प्रस्तुत गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति