निषेधाज्ञासँगै अस्पतालमा रगतको अभाव

काठमाडौं ३ भदौ । निषेधाज्ञासँगै जिल्लामा रगतको अभाव देखिएको छ । यहाँ भरतपुर अस्पताल, विपि कोईराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र २४ साना ठूला अस्पताल रहेका छन् ।

ती अस्पतालमा शल्यक्रिया गर्न आउने बिरामीले अहिले निषेधाज्ञाका कारण रगत नपाएर शल्यक्रिया रोकिन थालेको छ । कोरोना सङ्क्रमण फैलन सक्ने भन्दै सरकारले गरेको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रगत प्रयाप्त मात्रामा पाउन कठिन भएको हो ।

पछिल्ला हप्ताबाट चिकित्सक, स्वास्थ्यकर्मीलगायत बिरामीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । जसका कारण रक्तदाता इच्छा हुंँदाहुदै पनि केन्द्रसम्म आउन नसकेकाले रगतको अभाव भएको रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए । कोरोना त्रास र जोखिमका कारण रक्तदाता रगत दिन डराएका उनले बताए । उनले भने “हामीसंँग जगेडा रगत छैन, बिरामीलाई चाहिएमा रगत सट्टापट्टा गरेर चलाएका छौं।”

यसअघि दैनिक ६० पोकासम्म रगत सङ्कलन हुदै आए पनि निषेधाज्ञापछि रगत सङ्कलन हुन छाडेको छ । अहिले आकस्मिक बिरामीका लागि पनि रगत पाउने अवस्था नभएकोउनले बताए । पौडेलका अनुसार जिल्लाका अस्पतालहा दैनिक औसत १५० युनिट रगत आवश्यक पर्छ । कार्यालयले यसअघि चितवनसँगै नवलपुर, बारा, सर्लाही, रौतहट, मकवानपुर लगायतका जिल्लाबाट रगत सङ्कलन गरेर ल्याउने गर्दथ्यो ।

अहिले ती जिल्लामा रक्तदान कार्यक्रम भएका छैनन् । रगतको अभावका कारण सुत्केरी र क्यान्सरका बिरामी बढी प्रभावित भएका छन् । बाहिरी जिल्लाबाट आएका बिरामीका आफन्तले यहाँ रक्तदाता जुटाउन मुस्किल पर्ने गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board