कोरोना संक्रमणबाट काठमाडौंका पुरुष र पर्साकी एक महिलाको मृत्यु

काठमाडौं ३ भदौ । कोरोना भाइरस संक्रमणबाट आज बुधबार काठमाडौं थप एक पुरुष र पर्सा वीरगञ्जकी एक महिलाको मृत्यु भएको छ ।

कोरोनाबाट बुधबार काठमाडौं महानगरपालिका भदौ २ गते स्वाब संकलन गरेर परीक्षण गर्दा असनका ९४ वर्षका वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । उनको भदौ १ गते राति १० बजे मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार ती पुरुष निमोनियाको बिरामी थिए भने छाती सम्बन्धी पुरानो रोग थियो ।

त्यसैगरी वीरगञ्जमा कोरोना संक्रमित ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका रेशमकोठीकी ती महिला वीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचार क्रममा उनको भदौ २ गते कोरोना संक्रमण पुष्टि भएसंगै बुधबार दिउँसो सवा ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहका अनुसार आइसोलेसनमा हुँदा उनले छाती दुख्यो भनेकी थिइन् । ड्युटीमा रहेका चिकित्सकले चेकजाँच शुरु गरेको केही मिनेट भित्रै उनको मृत्यु भयो’ । असन्तुलित मधुमेहको विरामी उनमा कोभिड निमोनिया समेत देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२२ पुगेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board