उपत्यकामा एकै दिन थपिए १५९ कोरोना संक्रमित

काठमाडौं, ३ भदौ । पछिल्लो २४ घण्टामा देशभर ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये उपत्यकामा १५९ रहेका छन् ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वरले जनाए अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जनामा संक्रमण पुष्टि भएको हो । यससंगै देशभर ६८१ जना संक्रमित थपिएको उनले जानकारी दिए ।

नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २८ हजार ९३८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति