थप ६८१ जनामा संक्रमण, मृत्यु हुनेको सङ्ख्या १२० पुग्यो

काठमाडौं, ३ भदौ । नेपालमा बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप छ जनाको मृत्यु भएको छ । त्यस्तै, बितेको २४ घण्टामा थप ६८१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज उपत्यकामा मात्रै थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानरी दिए ।

यस्तै देशभर ६८१ जनामा संक्रमण पुष्टि भएको छ । कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,९३८ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा रहेको छ ।

के छ पछिल्लो अपटेड ?
देशभरि अहिले ११,११८ जनामा सक्रिय संक्रमित रहेका छन् । सङ्क्रमितहरूमध्ये ३,१३१ जना घरमै र बाँकी ७,९८७ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयका प्रवक्ता गौतमले जनाए ।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। सङ्क्रमितहरू काठमाण्डूका १३४ जना, पर्सामा १०८ जना र रुपन्देहीमा ५२ जना रहेका छन्। डा. जागेश्वर गौतमका अनुसार ललितपुरका १७ र भक्तपुरका आठ गरी बुधवार काठमाण्डू उपत्यकामा १६९ जना सङ्क्रमित थपिएका छन्।

विगत २४ घण्टामा ११,५२२ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा १२० जना भाइरसमुक्त प्रमाणित भए। अहिलेसम्म १७,७०० सङ्क्रमित निको भएका छन्। देशभरि क्वारन्टीनमा १३,५७१ जना छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board