लिदी पहिरो अपडेट: मृतक २५ पुग्यो, अझै १४ जना वेपत्ता

सिन्धुपाल्चोक,३ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका प्रहरी कार्यालय जलवीरेका प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए ।

पहिरामा बेपत्ता १४ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु औजारको सहायताबाट खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति