काठमाडौं, ३ भदौ । संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । अछाम-२ बाट निर्वाचित बोगटीले आफूलाई कोरोना संक्रमण भएको मिडियामा बताएका छन् ।
उनले साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए । ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि उनले स्वाको नमुना दिएका थिए ।
कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गईरहेको उनले बताएका छन् ।
COMMENTS