पहिरोले दैलेखमा दुईजना मृत्यु, ६ जना घाइते

दैलेख, ३ भदौ । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका–४ गैरागाउँमा पहिरोले ७ वटा घर बगाए । पहिरोले घर बगाउँदा १ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका–४ का १२ वर्षीय जनक कठायत हुन् । मृतकका बुबा ४२ वर्षीय टीका कठायत, आमा ४० वर्षीया धनसरा कठायत, दिदी १७ वर्षीया बेल कठायत, दाजु १५ वर्षीय शम्शेर कठायत घाइते भएको वडा नं ४ वडाध्यक्ष रमेश सिजापति बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति