वीरगन्जमा थप दुईजना कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ३ भदौ । कोरोना संक्रमणबाट वीरगन्जमा थप दुईजनाको मृत्यु भएको छ । मंगलबार वीरगन्ज महानगरपालिका – ४ विर्ता निवासी ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वा निवासी ५७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार विर्ताका ८४ वर्षीय पुरुष गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । उनको मंगलबार राति साढे १० बजेको समयमा मृत्यु भएको हो ।

यस्तै, ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न साढे ३ बजे नारायणी अस्पतालमा मृत्यु भएको थियो । मृत्यु भएका व्यक्ति भिस्वा निवासी रहेको खबर छ । प्रशासन कार्यालयले जनाए अनुसार नारायणीको प्रयोगशालामा जिन एक्सपर्ट टेस्ट गर्दा नतिजा कोरोना पोजिटिभ आएको हो । हालसम्म पर्सामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board