राष्ट्रकवि घिमिरेको अन्त्यष्टि बुधबार बिहान १० बजे

काठमाडौं, ३ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे हुने भएको छ । मंगलबार अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएका राष्ट्रकवि घिमिरेको अन्त्यष्टी बुधबार बिहान १० बजे गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ । घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो । यसैबीच राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ । घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल आर्मीले २०७४ सालमा घिमिरेलाई उक्त उपाधि दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board