राष्ट्रपति र प्रधानमन्त्रीबाट राष्ट्रकविप्रति श्रद्धाञ्जलि

काठमाडौं, २ भदौ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको घिमिरेप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकीछन् ।

आज साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पु¥याउनुभएको योगदानलाई सधैँ सम्झिरहने बताएकी हुन ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन् । उनले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति