उपत्यकामा बुधबारदेखि एक साता निषेधाज्ञा

काठमाडौं, २ भदौ । कोरोना संक्रमण ह्वातै बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो। त्यस्तै, काठमाडौं उपत्यकामा आज सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले जनाए । संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्। सोमबार काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board