निषेधाज्ञाको पालना गर्न महानगरपालिकाको अनुरोध

कास्की,२ भदौ । कोरोना भाइसरको सङ्क्रमण बढेसँगै पोखरा महानगरपालिकासहित कास्कीमा आज रातको १२:०० बजेदेखि जारी निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले आज अपील जारी गर्दै सङ्क्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसको नियन्त्रण, कोरोनाको परीक्षण, कन्ट्रयाक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्न बाध्य हुनुपरेको भन्दै यसको पूर्णतः पालना गरी सहयोग गर्न नगरवासीलाई अनुरोध गरे ।

कोरोनाको सङ्क्रमणलाई नियन्त्रण गरी नगरवासीलाई सुरक्षित राख्नु महानगरपालिकाको प्रमुख दायित्व भएको भन्दै अपीलमा महानगरपालिकाले सङ्क्रमणको शुरुका दिनदेखि नै कोरोना रोकथाम, नियन्त्रण र उपचारको कर्तव्य निर्वाह गर्न निरन्तर प्रयासरत रहेको उल्लेख छ ।

विगत केही दिनदेखि कोभिड–१९ को परीक्षणको रिपोर्टअनुसार पोखरामा जोखिम उच्च दरमा बढिरहेको अवस्थालाई दृष्टिगत गर्दै यस सम्बन्धमा जिल्लाका राजनीतिक दलको सर्वदलीय बैठकको सुझाव, महानगरको कोरोना सङ्क्रमण रोकथाम मूल समितिको निर्णयअनुसार निषेधाज्ञा जारी भएको अपीलमा भनिएको छ ।

कोरोनाको महामारीबाट जोगिन र जोगाउन राज्य र राज्यका निकाय मात्रले सम्भव नभएको उल्लेख गर्दै महानगरपालिकाले निजी क्षेत्र, नागरिक समाजलागयत आम जनताको पनि सचेत र सक्रिय भूमिका आवश्यक भएको बताएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्राक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गरिदिन हुन प्रमुख जिसीले अनुरोध गरे । महानगरपालिकाले स्वास्थ्यकर्मीलाई कन्ट्रयाक टे«सिङ र परीक्षणलाई तीव्रता दिन आवश्यक निर्देशन दिएको छ ।

कोरोनाबाट जोगिन सामाजिक भौतिक दूरी कार्यम गर्ने, भीडभाडमा नजाने, घरबाहिर ननिस्कने, तथा अत्यावश्यक कामले घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्क लगाउने र स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न महानगरपालिकाले अनुरोध गरेको छ । लापरवाही र हेलचक्रयाइले हामी सबैको स्वास्थ्य जोखिममा पर्नेप्रति सचेत हुन जरुरी रहेको भन्दै अपिलमा आगामी दिनमा निषेधाज्ञा थप गर्नुपर्ने अवस्था आउन नदिन उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

बन्दाबन्दीको समयमा महानगरवासीले देखाउनु भएको संयम, सर्तकता र धैर्य अमूल्य भएका भन्दै अपीलमार्फत जनतासँगको हातेमालोबाट कोरोनाको सङ्कटलाई टार्न सकिन्छ भन्ने महानगरपालिकाले विश्वास लिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board