जनस्वास्थ्य ‘आपतकाल’ घोषणा गर्न पुर्व स्वास्थ्यमन्त्रीको आग्रह

काठमाडौं, २ भदौ । कांग्रेस सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आज सांसाद थापाले ७ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै ‘काठमाडौं उपत्यकालगायतका ‘हटस्पट’ मा कडाइ गर्नु आग्रह गरे ।

उनले अत्यावश्यकबाहेक सबै सेवा बन्द गराउनुपर्नेमा जोड दिएका छन् । उनले अझै पनि कोरोना रोकथाम र नियन्त्रणका लागि विकल्प रहेको उल्लेख गर्दै छिटोभन्दा छिटो अस्पताललाई बिरामी थेग्न सक्ने बनाउनुपर्ने बताएका छन् । त्यस्तै थापाले सरकारले केही दिन अगाडि परीक्षणको मापदण्ड केही खुकुलो बनाएको कुरा सकारात्मक भए पनि पूर्ण नभएको उल्लेख गरेका छन् ।

उनले परीक्षणको दायरा अझै व्यापक बनाउँदै परीक्षणको रिपोर्ट छिटो आउने व्यवस्था मिलाउन आग्रह गरेका छन् । थापाले तत्काल चाल्नुपर्ने कदमका बारेमा विभिन्न ७ बुँदा प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board