नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुग्यो

काठमाडौं, २ भदौ । कोरोना संक्रमितको संख्या नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो।

त्यस्तै, काठमाडौं उपत्यकामा आज सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जनाए । संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्। सोमबार काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो।

के छ पछिल्लो अपडेट ?
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ। अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।

स्वास्थ्य मन्त्रालयका अनुुसार सङ्क्रमितहरूमध्ये २,८८७ जना घरमै र बाँकी ६,७५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। विगत २४ घण्टामा १३,४६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक परीक्षण भएको बताइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board