मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

महोत्तरी,२ भदौ । महोत्तरीको जलेश्वर–रौजा सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका–३ भटौलियाका ३० वर्षीय ललित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

गए राति ज११प १३८६ नम्बरको मोटरसाइकलमा चढी धमौराबाट बनौटातर्फ जाँदै गरेका ठाकुरको मोटरसाइकल बलवा नपा–८ स्थित सडकमा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो । ठाकुरको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board