कलाकार दमन रुपाखेती १४ वर्षीपछि मेरी बास्सैमा

काठमाडौं, २ भदौ । नेपाल टेलिभिजनबाट प्रसार हुँदै आएको ‘मेरी बस्सैमा कलाकार दमन रुपाखेती १४ वर्षपछि फर्किएका छन् । ८० भाग निर्देशन गरेर शृङ्खलाबाट बाहिरिएका उनी कलाकारको रुपमा पुनरागमन भएको हो । १४ वर्षको उमेरमै कलाकारिता सुरु गरेका दमन करिब तीन दशकदेखि कलाकारितामै छन् ।

दर्शकका लागि अझ रमाइलो ‘मेरी बास्सै’ दिने उद्देश्यले श्रृखलामा फर्किएको निर्देशक दमनले बताए । त्यतिबेला ‘घर ज्वाइँ’को चरित्रमा देखिन्थे । नेपाली फिल्म, गाईजात्र कार्यक्रम, स्टेज कार्यक्रम तथा म्युजिक भिडियोमा पनि सक्रिय दमले ‘मेरी बास्स’ले पहिले जस्तै दर्शकको माया र समर्थनको अपेक्षा गरेका छन् ।

दिनेश डिसीद्वारा निर्देशित कार्यक्रम ‘ट्वाक्क टुक्क’ मार्फत पहिलो पटक दर्शकमाझ देखिएका दमनले केही रेडियो नाटक, थुप्रै टेलिशृङ्खलामा अभिनय गरिसकेका छन् । तत्कालै दर्शकले शृङ्खलामा नयाँ शैली पाउने छैनन्,’ दमनले भने ‘पुरानै शैलीमा उत्कृष्ट शृङ्खला पस्कने छु ।’ दमनको निर्देशन रहेको शृङ्खला आज साँझबाट प्रशारण हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board