कोरोनाको त्रास: लकडाउन गर्ने कि नगर्ने ? सिसिएमसीको बैठक बस्दै

कामठाडौं, २ भदौ । कोरोना संक्रमण बढ्दै गएपछि (कोभिड-१९) संकट व्यस्थापन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठक आज बस्दैछ । कोरोना संक्रमणको संकट बढेसँगै आगामी रणनीतिबारे छलफल गर्न सिसिएमसीको बैठक बस्न लागेको हो ।

सिसिएमसीको बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने बताईएको छ । सिसिएमसी स्रोतका अनुसार संक्रमण देखिएको ठाउँमा लकडाउन, सिल गर्नका लागि योजना बनाउनेबारे छलफल हुने हुनेछ ।अहिले देशभर लकडाउन नगरे पनि सरकारले स्थानीय तह र जिल्ला प्रशासनहरूले आवश्यकताका आधारमा निषेधाज्ञा र लकडाउन गरिरहेका छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board