तीन महिनाकी गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ

सिरहा,२ भदौ । गर्भवतीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।

करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका पति र सासूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेका आमा छोरामाथि कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । घटनाको भोलिपल्ट गत साउन २८ गते बिहान छिमेकीहरुले घटनाबारे जानकारी गराएपछि घटना थाहा पाएको र शव परीक्षणको रिपोर्ट आएपछि किटानी उजुरी दिन प्रहरीले भनेकाले साउन ३० गते प्रहरीमा किटानी जाहेरी दिएको मृतकका बुवा चन्दरले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति