भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?

काठमाडौं, २ भदौ । भारतमा कोराना संक्रमितको संख्या दिनहुँजसो बृद्धि भईरहेको छ । भारतमा हालसम्म कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या २७ लाख नाघेको छ ।

समग्र संक्रमितको संख्या २७ लाख दुई हजार ७४३ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ५५ हजार ७९ नयाँ संक्रमित फेला परेका हुन् ।

भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ५१ हजार ७९७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ८७६ जनाको मृत्यु भएको हो ।

अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको मुलुक हो । अहिलेसम्म भारतमा १९ लाख ७७ हजार ७८० जना संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board