चितवनमा ४२ जना सशस्त्र प्रहरी सहित थप ५० जनामा कोरोना संक्रमण

काठमाडौं, २ भदौ । चितवनमा थप ५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । तीमध्ये ४२ जना सशस्त्र प्रहरी रहेका छन् ।

पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ४० पुरुष र २ महिला छन् । उनिहरु १९ देखि ५५ वर्ष उमेर समूहका हुन् ।

कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १,बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरको सेन्ट्रल अस्पताल,आशा अस्पताल र पुस्पान्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो ।सोमबार कुल ३ सय ५५ नमुना परीक्षण गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति