भारतमा १९ लाख ७६ हजार २४८ जना कोरोना संक्रमणमुक्त

काठमाडौं, २ भदौ  । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २७ लाख नाघेको छ ।

भारतमा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ५४ हजार २८८ जना संक्रमित भएसँगै मंगलबारसम्म भारतमा कोरोना संक्रमितको संख्या २७ लाख १ हजार ६०४ पुगेको हो । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १९ लाख ७६ हजार २४८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ७३ हजार ४३१ जनाको उपचार भइरहेको छ । संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ८८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा मंगलबारसम्म मृत्यु हुनेको संख्या ५१ हजार ९२५ पुगेको  छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति