ब्रत बसेको दिन ‘सम्भोग’ गर्दा के हुन्छ ?

हिन्दू धर्मशास्त्रमा मन भगवानमा मात्र लगाउन गरिने उपवासका बेला भोजन र यौन दुबै सोच्नै नहुने विषय हुन् । चिकित्साशास्त्रले भने धर्मशास्त्रले जस्तो कडाइ गरेको छैन।

शास्त्रले के भन्छ ?
हिन्दूशास्त्र अनुसार उपवासको अर्थ भगवानमा रहने भन्ने हो । दिनभर भगवानमा मन लगाउनेले सहवासको कुरा सोच्नु पनि हुँदैन । यसले त दिमागलाई भ्रष्ट गराउँछ ।

इस्लाम धर्मग्रन्थ कुरानमा पनि रमजानका अवसरमा ब्रत बसेका बेला सहवासलाई बर्जित गरिएको छ । क्रिश्चियनहरु यसमा जे गर्न पनि स्वतन्त्र छन् ।

बुद्ध धर्म ग्रन्थले पनि भगवानमा चित्त लगाउनले सहवास गर्नु हुँदैन भन्छ । हिन्दू धर्मशास्त्र र परम्पराअनुसार हरितालिका तीजमा ब्रत बसेका महिलाले पतिसँग सहवास गर्दैनन् र उनीहरु त्यस दिन पतिसँग सुत्दैनन् भनेको छ ।

यौन विज्ञहरुको भनाइ
धर्मशास्त्रले ब्रत बसेका सम्भोगबाट टाढै बसुन् भने पनि चिकित्सा शास्त्रले भने आफ्नो शारीरिक र मानसिक अवस्था विचार गर्न ब्रतालुलाई सुझाव दिन्छ । ब्रत बसेका बेला महिला शारीरिक र मानसिक रुपमा कमजोर एवं थकित हुने यौन विशेषज्ञहरुको भनाइ छ । ब्रतका बेला यौन सम्पर्क गर्ने कुरा दुईजनाबीच निर्भर हुन्छ । शारीरिक रुपमा थकान छैन भने सहज वातावरण बनाएर सम्बन्ध राख्दा फरक पर्दैन ।’

यौनलाई जटिल रुपमा नबुझी प्रेम अभिव्यक्त गर्ने माध्यमका रुपमा लिए ब्रतले कुनै बाधा गर्दैन । तर, ब्रत बसेका बेला शरीरमा पानी, ग्लुकोजलगायत क्यालोरी मात्रा कम हुने र सहवासमा धेरै क्यालोरी खर्च हुने भएकाले यसले थप कमजोर बनाउन सक्ने विज्ञहरुको भनाइ छ ।

रातो पोशाकको अर्थ
तीजको दिन महिला रातो पोशाकमा हुन्छन् । सारीदेखि अन्य पोशाकसम्म रातै लगाउँदा महिलाहरु अरु दिनको तुलनामा बढी कामुक देखिने यौन विश्लेषक बताउँछन् । रातो रंगले यौनोत्तेजना बढाउन मद्दत गर्छ।’

गहुँगोरो छाला भएका महिलालाई रातो पोशाकले राम्रो सुहाउँछ । रातो पोशाकले पुरुषलाई मनोवैज्ञानिकरुपमा आकषिर्त गर्छ । विवाहमा बेहुलीलाई रातो पोशाकमा सजाउनुमा पनि यही सन्दर्भ जोडिएको विज्ञ बताउँछन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board